राजनीति


एमाले र राप्रपाको बहिष्कारपछि कोशी प्रदेशसभा अनिश्चितकाललाई स्थगित

एमाले र राप्रपाको बहिष्कारपछि कोशी प्रदेशसभा अनिश्चितकाललाई स्थगित

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार १५:४३, काठमाडौँ

कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकाललाई स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबारको बैठक बहिष्कार गरेपछि प्रदेशसभा अनिश्चितकाललाई स्थगित गरिएको हो।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष इस्राइल मन्सुरीले असंवैधानिक कदम चालेको भन्दै उनले चलाएको बैठकमा नबस्ने भन्दै दुई दलले बैठक बहिष्कार गरेका हुन्।

बैठक सुरु भएपछि राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गर्ने घोषणा गरे।

त्यसपछि एमाले सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए।

मेन्याङ्बोले सभाध्यक्षले अरु पनि असंवैधानिक काम गर्न सक्न बताउँदै त्यस्तो बैठकमा आफूहरु नबस्ने घोषणा गरे। त्यसपछि दुवै दलका सांसद नाराबाजी गर्दै बाहिरिए। 

दुई दलको बहिष्कारपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नआउन्जेललाई प्रदेशसभा बैठक स्थगित गरिएको घोषणा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .