आर्थिक, व्यापार, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकुद र साँस्कृतिक प्रयोजनका काम सुचारु गर्न चीन जाने योजनामा रहेका विदेशी नागरिकलाई राहत मिल्ने खबर आएको छ।
नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार सूचना निकालेर त्यसबारे जानकारी दिएको हो। आर्थिक, व्यापार, शिक्षा, विज्ञान तथा प्रविधि, खेलकुद र साँस्कृतिक प्रयोजनका लागि चीन जाने योजनामा रहेका विदेशी नागरिकले बिजनेस भिषा र भिजिट भिषाका लागि आवेदन दिँदा चीनका सरकारी निकायबाट जारी गरिएको भिसा निमन्त्रणा पत्र देखाउनु नपर्ने दूतावासले जनाएको हो।
असार १७, २०७९, शुक्रबार
4.5k
Shares
प्रतिक्रिया