ad ad

अपराध


रौतहट गोलीकाण्डमा प्रयोग गरिएको बन्दुक ‘लाइसेन्स’ प्राप्त

रौतहट गोलीकाण्डमा प्रयोग गरिएको बन्दुक ‘लाइसेन्स’ प्राप्त

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार ११:५५, जनकपुरधाम

रौतहट गोलीकाण्डमा प्रयोग गरिएको बन्दुक लाइसेन्स प्राप्त हतियार भएको पाइएको छ। 

रौतहटको गढीमाई नगरपालिका–८ मा शनिबार बाटो विस्तारका विषयमा दुई पक्षबीच झडप हुँदा गोली चलाइएको थियो। गोली लागेर एकजनाको मृत्यु भयो भने ३ जना घाइते छन्। 

घटनामा प्रयोग भएको बन्दुकको लाइसेन्स धनगढीमाई नगरपालिकाकै रामईश्वर यादवको नाउँमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

‘झडपका क्रममा १२ बोरको बन्दुक प्रयोग भएको थियो’, प्रहरी उपरीक्षक बुढामगरले भने, ‘सो बन्दुकको लाइसेन्स स्थानीय रामईश्वर यादवको नाउँमा छ।’ 

तर गोली कसले चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए। उनका अनुसार गत मंसिर ४ को निर्वाचनका क्रममा समेत सो बन्दुक जिल्ला प्रहरी कार्यालयमा जम्मा गरिएको थियो। हतियारबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यता घटनामा संलग्न रहे/नरहेको विषयमा अनुसन्धानका लागि रौतहट प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .