रौतहट प्रहरीले तीन साताको अवधिमा १०६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
माघ १ गतेदेखि १९ गतेसम्मको अवधिमा १०६ जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँबाट अदालतबाट कैद, जरिवाना र सजाय तोकिएका अभियुक्तहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर जरिवाना तथा कैद सजायका लागि कारागार पठाइएको डीएसपी यादवले जानकारी दिए।
माघ २०, २०७९, शुक्रबार
प्रतिक्रिया