ad ad

अपराध


कपिलवस्तुमा छोराले गरे बाबुको हत्या, पत्नीसँग आपत्तिजनक अवस्थामा देखेको आरोप

कपिलवस्तुमा छोराले गरे बाबुको हत्या, पत्नीसँग आपत्तिजनक अवस्थामा देखेको आरोप

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार ८:५८, बुटवल

कपिलवस्तुको शिवराजमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन्।

शिवराज नगरपालिका १० शीतलापुरका ३० वर्षिय मग्निराम पासीले आफ्नै बाबु ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन्। बुधबार बिहान मगरे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। यस क्रममा मग्निरामले आफूले नै बाबुको हत्या गरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय (चन्द्रौटा) का प्रमुख कपिलजंग शाहीले बताए।

‘घटनास्थल हेर्दा हामीलाई अलि शंकास्पद लाग्यो। अनुसन्धान सुरु गर्दा पत्ता लाग्यो’, उनले भने, ‘सोधपुछ गर्दा पनि उहाँहरुले अनि बाहिर मान्छेले पनि आत्महत्या हो भन्ने कुरा गरेका थिए। घुमाउरो तरिकाले सोधपुछ गर्दा स्वीकार गर्नुभयो।’

मंगलबार बिहान ११ बजेतिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आफूले बुवाको हत्या गरेको मग्निरामले बताएका छन्। 

हत्यापछि आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्ड्याएको मग्निरामले बताएका छन्। 

घाँटी थिचेर मगरेको हत्या भएको हो। उनको शरीरमा सामान्य चोटपटक पनि देखिएको प्रहरीले जनाएको छ। 

बुधबार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र घटनास्थलबाट प्रमाण फेला पारिएको शाहीले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .