रुपन्देहीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको मायादेवी गाउँपालिका १ धमौली बस्ने सञ्जय भन्ने रामनारायण लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
गत मंसिर १२ गते रामनारायणले आफ्नी श्रीमती २४ वर्षीया सरोज लोधलाई भारतमा मेला हेर्न जान भनी मोटरसाइकलमा राखी भारतको डफालीपुर लगेका थिए। डफालीपुर भन्ने गाउँमा हातखुट्टा बाँधी निर्ममतापूर्वक कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरेको खुल्न आएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए।
खोजतलास गर्ने क्रममा रामनारायणलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए।
42
Shares

प्रतिक्रिया