सुनसरीको धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। एक महिला घाइते भएकी छन्।
धरान उमपहानगरपालिका ५ का ३५ वार्षीय विकास भन्ने हर्कबहादुर राईले खुकुरी प्रहार गरी आँपटारका ४९ वर्षीय कुमार बुढाथोकीको हत्या गरेका हुन्।
कुमारको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ।
३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईको पनि टाउकोमा खुकुरी प्रहार भएको छ। उनको गम्भीर अवस्थामा उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।
खुकुरी प्रहारमा संलग्न हर्कबहादुरलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।
प्रतिक्रिया