अपराध


झापामा भतिजालाई गोली हानेपछि भगौडा प्रहरीले आफ्नै ज्यान लिए

झापामा भतिजालाई गोली हानेपछि भगौडा प्रहरीले आफ्नै ज्यान लिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार २१:३२, विराटनगर

झापाको गौरादह नगरपालिका वडा नं. ८ मा गोली चलेको छ।

गौरदह-८ बैराती स्कुल अगाडि आफैँले बोकेको पेस्तोलबाट गोली हानेर एकजनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गौरादह-८ बस्ने वीरन साहले गोली हानी भतिजलाई गोली हानेका थिए। त्यसपछि अफैँलाई गोली हानी आत्महत्या उनले गरेका हुन्।

भतिजालाई गोली हानेपछि त्यही पेस्तोलबाट आफ्नै कन्चट्मा गोली हानेर आत्महत्या गरेको झापाका प्रहरी प्रमुख एस्पी विश्वमणि पोखरेलले बताए।

उनले घरायासी विवादका कारण भतिजलाई गोली हनेका थिए। आत्महत्या गरेका वीरन साह भगौडा प्रहरी हुन्।

घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते १४ वर्षीय किशोरलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad