अपराध


संगठित अपराध मुद्दामा फरार जावेद यूएईबाट पक्राउ

संगठित अपराध मुद्दामा फरार जावेद यूएईबाट पक्राउ

नेपालखबर
पुस १४, २०८२ सोमबार १३:२२, काठमाडौँ

संगठित अपराधमा फरार रहेका एक जना यूएईबाट पक्राउ परेका छन्। 

ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बागलुङको बागलुङ नगरपालिका-२, श्रीनगरका जावेद अनवर दीन पक्राउ परेका हुन्। एनसीबी अबुधाबीको समन्वयमा उनलाई पक्राउ गरेर सोमबार नेपाल ल्याइएको छ। 

उनको खोजीका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो। उनलाई थप कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad