विद्युतीय कारोबारसम्बन्धी कसूरमा नेकपा (एमाले)का नेता ऐन महर धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पन्ती अनुजा श्रेष्ठ पक्राउ परेकी छन्।
महर दम्पत्तिविरुद्ध रश्मिला धामीले विद्युतीय करोबारसम्बन्धी कसूरमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यससम्बन्धी मुद्दामा आज जिल्ला अदालतमा पेसी तोकिएको थियो।
थुनछेक बहसमा महरसँगै एक लाख धरौटी माग गरिएको थियो। उनी एक लाख धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत, काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले बताए।
त्यही मुद्दामा साइबर ब्यूरोको टोलीले अनुजा श्रेष्ठलाई पक्राउ गरेको हो। उनको थुनछेक बहस नसकिएकाले मंगलबार अदालतमा पेस गरिने साइबर ब्यूरोले जनाएको छ।
1.3k
Shares

प्रतिक्रिया