ad ad

अपराध


७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरेको आरोपमा २० र ३० वर्षका दुई युवक पक्राउ

७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरेको आरोपमा २० र ३० वर्षका दुई युवक पक्राउ

नेपालखबर
साउन ५, २०८० शुक्रबार ९:२७, काठमाडौँ

दाङमा ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको छ। बलात्कार आरोपमा प्रहरीले २ युवकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुका डीएसपी पुष्पराज मल्लका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको हो। 

बलात्कार आरोपमा दाङकै तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले पक्राउ गरेको डीएसपी मल्लले जानकारी दिए। 

वृद्धालाई बलात्कार भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले घटनास्थलबाट ती दुई युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला ती युवकहरूले ‍फकाएर बसभित्र लगी बलात्कार गरेका हुन्। 

‘घटना १२ बजे रातिको हो’, डीएसपी मल्लले भने, ‘प्रहरीले ती युवकहरूलाई घटनास्थलबाटै पक्राउ गरेको हो।’ 

ती युवकलाई इलाका प्रहरी कार्यालयकाे हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .