काठमाडौंको गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशीष ठकुरी छन्।
गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जनाको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
जेठ १९, २०८०, शुक्रबार
63
Shares
प्रतिक्रिया