अपराध


अनुसन्धान सकिएपछि पति बालकृष्णलाई भेट्न हिरासत पुगिन् मञ्जु

अनुसन्धान सकिएपछि पति बालकृष्णलाई भेट्न हिरासत पुगिन् मञ्जु

नेपालखबर
जेठ ८, २०८० सोमबार १०:४३, काठमाडौँ

हिरासत पुगेको १२ दिनपछि पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु प्रहरी कार्यालय पुगेकी छन्। सोमबार बिहान काठमाडौं परिसर पुगेर सांसद मञ्जुले खाँणलाई भेटेकी हुन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। खाँण पक्राउ परेपछि सम्पर्कविहीन भएकी मञ्जु जेठ ४ गते संसद्‌मा उपस्थित भएकी थिइन्। 

यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन्। यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो। 

तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएन। 

खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए। खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन्। 

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ। उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन्। अब १० गते सरकारी वकिल कार्यालयले अभियोग दायर गर्नेछ। त्यसपछि अदालतमा वकपत्र गराउने र प्रमाण बुझ्ने छ। त्यसपछि थुनछेक बहस हुनेछ। 

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .