अपराध


नक्कली शरणार्थी प्रकरण : ६ हिरासतमा छरिए १३ आरोपी

नक्कली शरणार्थी प्रकरण : ६ हिरासतमा छरिए १३ आरोपी

नेपालखबर
जेठ १, २०८० सोमबार १०:५२, काठमाडौँ

शरणार्थी प्रकरणका आरोपीहरूलाई प्रहरीले ६ वटा हिरासतमा राखेको छ।

बयानमा सरसल्लाह नगरून् भनेर आरोपितलाई फरक-फरक ठाउँमा राखिएको हो। 

पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं परिसरमै भएपनि छुट्टै कोठामा छन्। उनलाई परिसरका डीएसपीको कोठामा बेडसहितको व्यवस्था गरेर छुट्टै राखिएको छ। 

पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि काठमाडौं परिसरमै छन्। उनलाई परिसरको हिरासतमा एकसय बढी थुनुवाको बीचमा राखिएको छ। सन्देश शर्मा र टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि यहीँ छन्। 

यस्तै रामशरण केसी र गोविन्द चौधरीलाई परिसरमा राखिएको छ।

पूर्वगृहसचिव समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तमा राखिएको छ। उनलाई पनि वृत्तमा छुट्टै कोठामा राखिएको छ।

यस्तै खाँणका निजी सचिव नरेन्द्र केसीलाई पनि आइतबार मध्यराति सिंहदरबार वृत्त लगिएको छ। पूर्वमन्त्री रायमाझीलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखेपछि त्यहाँ रहेका केसीलाई दरबारमार्ग सारिएको हो।

सचिव पाण्डेलाई हिरासत कक्षमा नभई कार्यालयको कोठामा राखिएको छ। 

दुई जना जनसेवा बृत्तको हिरासतमा छन्। सागर राई र टंकबहादुर गुरुङ जनसेवा बृत्तको हिरासतमा छन्। सानु भण्डारी र केशव दुलाल कालिमाटी वृत्तको हिरासतमा राखिएको छ। 

यसअघि एकै ठाउँ भेला गर्दा दुलाल र भण्डारीले इन्द्रजित राईलाई हात हालेपछि उनीहरूलाई कालिमाटी वृत्त सारिएको हो। यो ठगी प्रकरणमा अझै केही व्यक्ति फरार छन्। 

कांग्रेसका पूर्व सांसद आङतावा शेर्पा, बादलका छोरा प्रतिक, इन्द्रजितका छोरा निरजलगायत फरार छन्। अनुसन्धान भइरहेकाले अझै आरेपित थपिने सम्भावना छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .