ad ad

अपराध


यौन दुर्व्यवहार आरोपमा मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी

यौन दुर्व्यवहार आरोपमा मदन राईविरुद्ध किशोरीले दिइन् जाहेरी

अभियुक्त मदन राई


नेपालखबर
बैशाख ३०, २०८० शनिबार ७:५४, काठमाडौँ

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईविरुद्ध यौन दुर्व्यहारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन्। 

उक्त फाउन्डेसनमा बसेर बाहिरिसकेकी १६ वर्षीया किशोरीले राईविरुद्ध शुक्रबार जाहेरी दिएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए। 

‘उनीविरुद्ध पीडित एकजना किशोरीको उजुरी आएको छ’, डीएसपी मुकारुङले शनिबार बिहान नेपालखबरसँग भने, ‘आरोपित मदन राईलाई हामीले शुक्रबारै पक्राउ गरिसकेका छौँ।’ 

अहिले अभियुक्त राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्। 

यसअघि ७५ वर्षीय मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो।

मदनले स्कुलको सहमति लिएर नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका हुन्। जहाँ विद्यार्थीलाई होस्टेल बनाएर राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .