ad ad

अपराध


गुन्डा नाइके चक्रे मिलनका बडिगार्ड पक्राउ

गुन्डा नाइके चक्रे मिलनका बडिगार्ड पक्राउ

फाइल तस्बिर : चक्रे मिलन


नेपालखबर
चैत २८, २०७९ मंगलबार ६:४२, काठमाडौँ

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को समूहका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले गणेशबहादुर बोगटीलाई पक्राउ गरेको हो। 

सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०/१२ जना युवक देखिन्छन्। तीमध्ये बोगटीले हतियार बोकेका हुन्। 

सो भिडिओका आधारमा बोगटीलाई बाँकेको चिसापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उक्त भिडिओ नेपालगन्जस्थित एक होटलको हो। 

बोगटीले बोकेको हतियार लाइसेन्स प्राप्त भए पनि सार्वजनिक रूपमा प्रदर्शन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेपालगन्जमा अहिले नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको महाधिवेशन भइरहेको छ। त्यसैमा सहभागी हुन चक्र मिलन त्यहाँ गएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .