रुपन्देहीको कञ्चनमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्।
कञ्चन गाउँपालिका वडा नम्बर ५ भैसाहीका २६ वर्षीय प्रेम थारु घाइते भएका हुन्।
चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका बाबुराम थारु पक्राउ परेका छन्।
जग्गाको विषयलाई लिएर प्रेम र बाबुराम दुवेले मापसे गरी झगडा गरेका थिए। झगडाका क्रममा बाबुरामले प्रेमको छातीमा धारिलो चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटनालगत्तै प्रेमलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको तथा चक्कु प्रहार गर्ने बाबुराम थारुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए।
फागुन २४, २०७९, बुधबार
प्रतिक्रिया