ad ad

अपराध


सन्दीप विदेश जान पाउने/नपाउने आज टुंगो लाग्ने, सर्वोच्चले थुनामै फर्काउन पनि सक्ने

सन्दीप विदेश जान पाउने/नपाउने आज टुंगो लाग्ने, सर्वोच्चले थुनामै फर्काउन पनि सक्ने

नेपालखबर
फागुन १४, २०७९ आइतबार ८:४३, काठमाडौँ

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ। 

उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन्। आज सर्वाेच्चको सुनुवाइ उनलाई धरौटीमा छाड्न गरेको आदेश ठीक छ कि छैन भन्ने विषयमा केन्द्रित हुनेछ।

उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ।  

यसैबीच सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वाेच्चले सुनुवाइ गर्दै छ। दुवै निवेदनलाई सँगै राखेर सर्वाेच्चले सुनुवाइ गर्ने भएको हो। 

सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जान लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मानमर्यादामा आँच पुर्‍याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। 

सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेस गरेर आइतबारका लागि पेसी तोक्न भनेको हो। 

सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै शनबिार यूएई जानबाट रोकिए।  

जबर्जस्ती करणीको मुद्दामा उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ। 

उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितका तर्फबाट भने उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो। सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने पीडित पक्षको माग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .