ad ad

अपराध


झापामा एयरगनसहित ४ जना पक्राउ

झापामा एयरगनसहित ४ जना पक्राउ

हतियारसहित पक्राउ परेका अभियुक्तहरू


नेपालखबर
माघ २४, २०७९ मंगलबार ११:४६, काठमाडौँ

झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार छन्।

सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको छ।

उक्त हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .