नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको मुद्दा आज पेसीमा चढेको छ। मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो।
इजलासको अन्तिममा पेसी तोकिएकाले सुनुवाइको सम्भावना भने कम छ। उक्त इजलासमा आजका लागि ७ वटा मुद्दा तोकिएको छ। सन्दीपविरुद्धको मुद्दा छैटाैँ स्थानमा पेसीमा छ। त्यसअघि आर्थिक अपराधसम्बन्धी मुद्दा पेसीमा छन्। यी मुद्दाको सुनुवाइ सकिएपछि मात्रै सन्दीपको मुद्दाको पालो आउने छ।
जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए। सन्दीपलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो।
Shares
प्रतिक्रिया