बलात्कार मुद्दामा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछान २० लाख रुपैयाँ धरौटी बुझाए आज रिहा हुनेछन्।
उच्च अदालत (पाटन) ले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न हिजै (बिहीबार) आदेश दिएको हो। तर, उनले हिजो नगद धरौटी बुझाउन नसक्दा थुनामुक्त नभएका हुन्। आज सो नगद बुझाएमा उनी रिहा हुनेछन्।
अदालतले जायजेथा वा बैंक ग्यारेन्टीलाई मान्यता नदिने भएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
रिहा भए पनि लामिछाने अनुमतिबिना विदेश जान पाउने छैनन्।
आदेशको २०औं नम्बर बुँदामा भनिएको छ, ‘प्रतिवादीको आर्थिक अवस्था र हैसियत समेतलाई दृष्टिगत गर्दा धरौटी वापत २० लाख रुपैयाँ निर्धारण गरिएको छ। उल्लिखित धरौटीको हकमा प्रतिवादीले नगद वा सो बराबरको बैंक नमानत राख्नु पर्नेछ। धरौटी वापत जेथा राख्न प्रतिवादीलाई अनुमति हुने छैन।’
आदेशमा निर्धारित धरौटी बुझाएमा आदेशमा उल्लिखित सर्तको अधीनमा रही सन्दीपलाई तारेखमा मुद्दाको पुर्पक्ष गर्न भनिएको छ।
Shares
प्रतिक्रिया