राजनीति


जेडीयूका पूर्वअध्यक्ष तथा भारतका पूर्वमन्त्री शरद यादवको निधन

जेडीयूका पूर्वअध्यक्ष तथा भारतका पूर्वमन्त्री शरद यादवको निधन

नेपालखबर
पुस २९, २०७९ शुक्रबार ७:५२, काठमाडौँ

भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्वअध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको निधन भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ७५ वर्षीय यादवको उपचारका क्रममा गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको हो। 

शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्विट गर्दै उनको निधन भएको जानकारी दिएकी हुन्।

यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री थिए। उनले ९० को दशकको उत्तरार्धमा अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको सरकारमा मन्त्रीको रूपमा पनि काम गरेका थिए।

शरद यादव एक प्रमुख समाजवादी नेता थिए, जो ७० को दशकमा कांग्रेस विरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए र दशकौंसम्म राजनीतिमा आफ्नो उल्लेखनीय उपस्थिति दर्ता गरेका थिए।

तर, कमजोर स्वास्थ्यका कारण उनी विगत केही वर्षदेखि सक्रिय राजनीतिमा थिएनन्।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रौपदी मुर्मुले गहिरो दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad