अपराध


टिकटकमा जुवा खेलाउने चार जना पक्राउ

टिकटकमा जुवा खेलाउने चार जना पक्राउ

नेपालखबर
पुस २८, २०७९ बिहिबार १८:१८, काठमाडौँ

टिकटक लाइभमार्फत जुवा खेलाउने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भइ हाल ललितपुरको ग्वार्को बस्ने वर्ष २१ को ऋषि प्रकाश योगी, भक्तपुरको सूर्यविनायक नगरपालिका–१० वर्ष २७ का कपिल गिरी, मध्यपुर ठिमि नगरपालिका–६ घर भएका वर्ष २१ का प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ घर भइ हाल मध्यपुर ठिमी–१ बस्ने वर्ष २० को डिल्लीराज अवस्थी रहेका छन्।

काठमाडौं उपत्यका भित्र केही व्यक्तिहरुले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभ मार्फत् जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले त्यस्ता व्यक्तिहरुको निगरानी राखेको थियो। 

त्यस क्रममा पुस २६ गते उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका स्थानबाट पक्राउ गरिएको हो। 

पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको छ। 

पक्राउ परेका व्यक्तिहरु मध्ये ऋषि प्रकाश योगीले पब्जी र पब्जी२ नामक टिकटक आईडीहरु खोली दुइवटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई एक महिना १० दिनको अवधिमा २८ लाख ७३ हजार ३ सय ५४ रुपैयाँबराबरको रकम टिकटक लाइभ जुवा (तास) मार्फत् कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

यस्तै, अर्का व्यक्ति कपिल गिरीले पुकर किङ नामक टिकटक आईडी खोली ३ वटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अबधिमा रु.१० लाख ५२ हजार ९ सय ६२ बराबरको रकम टिकटक लाइभ जुवा मार्फत् कारोबार गरेको देखिएको छ।

पक्राउ परेका व्यक्तिहरु प्रेम कठायत र डिल्लीराज अवस्थीले प्रेम नामक टिकटक आईडी खोली एउटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई एक महिना ६ दिनको अवधिमा रु. ९३ हजार २ सय १४ बराबरको रकम टिकटक लाइभ जुवा (तास) मार्फत् कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .