अपराध


ठमेलभित्र अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

ठमेलभित्र अनैतिक क्रियाकलाप गर्ने क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १२:३८, काठमाडौँ

ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ। 

ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास  टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको  हो। 

परिषद्का अध्यक्ष भविश्वर शर्माले ६ महिनादेखि बिनाभिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिए। 

“ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भने।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .