ग्लोबल


पटना गइरहेको जहाजमै कुटिए पाइलट, एयरपोर्टबाट दुईजना पक्राउ, एकजना भागे

पटना गइरहेको जहाजमै कुटिए पाइलट, एयरपोर्टबाट दुईजना पक्राउ, एकजना भागे

नेपालखबर
पुस २५, २०७९ सोमबार १२:४१, काठमाडौँ

भारतको राजधानी नयाँदिल्लीबाट बिहारको पटनाका लागि उडेको इन्डिगो एयरको जहाजमा तीन यात्रुले हंगामा गरेका छन्। 

मदिराले मातेका ती तीन युवकलाई उडानकै क्रममा एयर होस्टेसले सम्झाउने कोसिस गरेकी थिइन्। तर उनीहरुले एयर होस्टेसलाई पनि दुर्व्यवहार गरेका थिए।

त्यसपछि पाइलट आपत्ति जनाउँदा उनीमाथि पनि पनि कुटपिट गरेका थिए। 

जहाज पटनामा उत्रिएपछि पाइलटले ती यात्रुविरुद्ध स्थानीय पुलिसमा लिखित जाहेरी दिए। ६ई-६३८३ उडानको यो जहाज आइतवार राति पौने ९ बजे पटना एयरपोर्ट पुगेको थियो। पुलिसका अनुसार दुई आरोपीलाई गिरफ्तार गरिएको छ।

उजुरी अनुसार तीनै युवकले जहाजमा बस्नेबित्तिकै हंगामा गरेका थिए। एयर होस्टेसले ठूलो आवाज ननिकाल् भन्दा उनीहरु बहसमा उत्रिएका थिए। 

उनीहरु तीनैजना बिहारका हुन्। उनीहरुको नाम रोहित कुमार, नितिन कुमार र पिन्टु कुमार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु तीनैजना मदिराले मातेका थिए। यसका कारण अन्य यात्रुलाई हैरानी भएको थियो। अन्य यात्रुले कयौँ पटक पाइलटसँग पनि गुनासो गरेका थिए। 

यस घटनाबारे पाइलटले गुनासो दर्ता गरेपछि एयरपोर्ट अधिकारी र प्रहरीले छानबिन थालेका छन्। आरोपीलाई एयरपोर्टबाट बाहिर जान रोकियो। उनीहरुले एक राजनीतिक पार्टीका कार्यकर्ता भएको पनि बताएका थिए। 

तर एयरपोर्टबाटै पिन्टु मौका मिलाएर भागे। अहिले प्रहरीले अन्य दुईलाई हिरासतमा लिएर छानबिन अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .