अपराध


सवारी ज्यान मुद्दामा ३५ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा ३५ वर्षपछि पक्राउ

नेपालखबर
पुस १८, २०७९ सोमबार २१:१३, काठमाडौँ

नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट रु तीन हजार ५० जरिवाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका–१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।  

काठमाडौँ प्रहरीले आइतबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पुर्याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना र कैद ठहर भएपछि फरार रहेका २६ जनालाई एकैदिन पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता मैनालीेले बताए। यस्तै प्रहरीले गत पुस १२ देखि १७ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र सजाया सुनाइएका ६५ जनालाई पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .