रौतहटको गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो। यसबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।
48
Shares
प्रतिक्रिया