अपराध


निहिता र आमाले शोभराजलाई भेट्न पाएनन्, आक्रोशित हुँदै फर्किए

निहिता र आमाले शोभराजलाई भेट्न पाएनन्, आक्रोशित हुँदै फर्किए

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १३:५९, काठमाडौँ

अध्यागमन विभाग पुर्‍याइएका चाल्र्स शोभराजलाई भेट्न पुगेका निहिता विश्वास र सकुन्तला थापा निराश भएर फर्किएका छन्। विभागमा खटिएका प्रहरीले उनीहरु दुवै जनालाई विभागको गेटबाट भित्र समेत छिर्न दिएन।

उनीहरु शोभराज छुट्ने जानकारी पाएपछि शुक्रबार बिहानैदेखि कालिकास्थानस्थित अध्यागनम विभागको कार्यालयमा कुरेर बसेका थिए। तर, प्रहरीले विभागमा छिर्न नदिएर बाहिरै रोकेको थियो। 

उनीहरुले प्रहरीले आफूहरु शोभराजको कानुन व्यवसायी पनि भएको बताएका थिए।

भेट्न नपाएपछि उनीहरु आक्रोशित भएर विभागबाट फर्किएका छन्। पछिल्लो समय शोभराजको कानुनी सहयोगीको रुपमा अधिवक्ता गोपाल शिवाकोटीले काम गरिरहेका छन्। 

तर, उनीहरुले भने शिवाकोटीलाई पनि ‘फेक वकिल’ भन्दै गाली समेत गरे। 

केन्द्रीय कारागारबाट रिहा भएका लाई पुनः कारागार नै पठाइने भएको छ। उनलाई डिल्लीबजारस्थित कारागारमा पठाइने तयारी भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .