अपराध


गाँजासहित समातिएका गाउँपालिका अध्यक्षविरुद्ध कसुर ठहर

गाँजासहित समातिएका गाउँपालिका अध्यक्षविरुद्ध कसुर ठहर

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ११:५३, ढोरपाटन

बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीविरुद्ध लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ। निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीलाई लागेको कसुर ठहर भएको हो। 

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीविरुद्ध लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।  जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। उनको घरबाट बरामद गाँजा धुलो अवस्थामा भेटिएको थियो। 

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस–नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .