अपराध


विश्वकपको सट्टेबाजीमा २ करोडको कारोबार गर्ने एक पक्राउ, ४८५ निगरानीमा

विश्वकपको सट्टेबाजीमा २ करोडको कारोबार गर्ने एक पक्राउ, ४८५ निगरानीमा

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १६:४२, काठमाडौँ

विश्वकप फुटबलमा सट्टेबाजी गराउने एक जनालाई प्रहरी पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयले ललितपुरबाट महोत्तरीका आदर्श ठाकुरलाई पक्राउ गरेको हो। 

उनले सट्टाबाजी गर्न प्रयोग हुने एक्स बिट मार्फत रकम संकलन गर्ने कार्य गरेको प्रहरीको भनाई छ। उनलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत ललितपुर परिसरले थप अनुसन्धान अगाडी बढाएको छ। 

उनले १ एक्सबिटमा बिगत ८ महिनादेखि सट्टाबाजी गर्ने एजेन्टको रुपमा काम थालेको खुलेको छ। उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खाता खोलि कारबार गरेको पाइएको छ।

उनले विभिन्न व्यक्तिका नागरिकताका प्रतिलिपि लिएर विभिन्न कम्पनीका सिमकार्ड समेत लिएको खुलेको छ। ठाकुरको साथबाट ९४ वटा सिमकार्ड बरामद भएको छ। 

वालेटमा संकलन भएको रकम उनले आफ्नो बैंक खातामा जम्मा गर्ने गरेको पाइएको छ। तीनवटा बैंकका खातामा २ करोड, २ लाख ४ हजार ४४ रुपैयाँ वालेटबाट रकमान्तर गरेको प्रहरीको दाबी छ। 

प्रहरीले अनुसन्धानको क्रममा ४८५ वटा विभिन्न सेवा प्रदायकहरुको डिजिटल वालेटहरुको कारोवार रोक्का राखी थप अनुसन्धान गरिरहेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .