कारोबार


आईएमई डिजिटल सोलुसनको सीईओमा प्रवीण रेग्मी नियुक्त

आईएमई डिजिटल सोलुसनको सीईओमा प्रवीण रेग्मी नियुक्त

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १६:४२, काठमाडौँ

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन्।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक एवम् बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्नुहुने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन्।

काठमाडौं पानीपोखरीस्थित आईएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। 

उक्त कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे। स्वागत कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट  सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad