ad ad

अपराध


कम्बोडिया पठाइदिने भन्दै २४ लाख ठगी

कम्बोडिया पठाइदिने भन्दै २४ लाख ठगी

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १६:४५, काठमाडौँ

वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै २३ लाख ९७ हजार ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० बस्ने वर्ष २७ को रामकृष्ण आचार्य रहेका छन्।

उनले सामाजिक संजाल फेसबुक/ह्वाट्सएप को माध्यमबाट पीडितहरूसँग सम्पर्क गरी कुराकानी गर्दै जाने क्रममा आफू वैदेशिक रोजगारको सिललासिलामा कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको बताएर विश्वास दिलाउने गरेका थिए।

उनले तपाईंहरुलाई कम्बोडियाको आकर्षक तलब सुविधा सहितको सेक्यूरिटि गार्डमा काम मिलाई दिन्छु भनी पीडितहरुलाई विश्वास दिलाई उक्त कामको लागि प्रोसेसिङ गर्नुपर्छ भनी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको नाममा सञ्चालित बैंक खातामा रकम जम्मा गर्न लगाई २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न आचार्यलाई जिल्ला प्रहरी कार्यालय, खोटाङको समन्वयमा पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .