अपराध


काठमाडौंको गोङ्गबुमा सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौंको गोङ्गबुमा सालकको खपटासहित दुई जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १३:२७, काठमाडौँ

काठमाडौँमा नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ। 

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

प्रहरीले उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ। यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad