अपराध


सन्दीप प्रकरण : जवाफी बहस गर्दै सरकारी वकिल, आजै आदेश आउने सम्भावना

सन्दीप प्रकरण : जवाफी बहस गर्दै सरकारी वकिल, आजै आदेश आउने सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार ९:२६, काठमाडौँ

जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत आज जवाफी बहस हुँदै छ। 

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता गराएको बलात्कार मुद्दामा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस भइरहेको हो। 

बिहीबार लामिछानेका तर्फबाट बहस सकिएको छ। आजका लागि हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी पक्षलाई प्रतिवाद गर्ने समय दिइएको छ। 

त्यसपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने भन्ने विषयमा आदेश दिनेछ। सरकारी वकिलले जवाफी बहस सकेमा आजै आदेश आउने सम्भावना छ। 

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको हो। 
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ। 

लामिछानेले भने आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन्। नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .