अपराध


जुवातासको खालबाट १२ जना पक्राउ, एक लाख १६ हजार बरामद

जुवातासको खालबाट १२ जना पक्राउ, एक लाख १६ हजार बरामद

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १३:२१, काठमाडौँ

इटहरीमा तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

इटहरी उपमहानगरपालिका ९ स्थित रघु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ९ बस्ने अजय राय, ८ बस्ने विष्णु सिंह, ९ बस्ने रवि महतो, ६ बस्ने रामकृष्ण यादव र ९ बस्ने फुलवावु साह पक्राउ परेका छन्। 

यस्तै इटहरी ६ बस्ने सञ्जय गुरुङ ,९ बस्ने अशोक गोश्वामी ,४ रुद्र तामाङ , ९ बस्ने रघु चौधरी, ९ बस्ने वीरेन्द्र साह, अनिल गुप्ता र मोरङको उर्लाबारी ७ र्का १९ को रवि साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

उनीहरुको साथबाट १ लाख १६ हजार ६६० रुपैयाँ  पनि बरामद भएको छ। 

उनीहरुलाई जुवा मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय इनरुवाबाट म्याद थप भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .