अपराध


ललितपुरमा एटीएम फोडेर फरार ३ जना पक्राउ

ललितपुरमा एटीएम फोडेर फरार ३ जना पक्राउ

अभियुक्तहरू


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १३:२२, काठमाडौँ

ललितपुरमा एटीएम तोडफोड गरी रकम चोरी गर्न खोज्ने तीनजना पक्राउ परेका छन्। कात्तिक ४ गते राति साढे १२ बजे ललितपुर महानगरपालिका ५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएमको ढोका फोडर रकम चोरीको प्रयास गरेका थिए। 

एटीएम तोडफोडमा संलग्नलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिए। 

एटीएम फोडेर उनीहरु फरार भएका थिए। बैंकको सीसीटीभी फुटेजका आधारमा एटीएम तोडफोडमा संलग्नको पहिचान गरी प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा नुवाकोट वेलकोटगढी नगरपालिका ३ घर भई हाल ललितपुरको ग्वार्को बस्ने ३१ वर्षीय वशन्त तिवारी, सोही ठाउँ घर भई सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका १५ भानुचोक घर भई सुन्धारा बस्ने ३५ वर्षीय अनिल राई पक्राउ परेका हुन्। 

उनीहरुमाथि अदालतबाट म्याद लिएर अनुसन्धान थालेको एसपी शाहीले बताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .