तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ।
काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गरिरहेका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु ४ लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ।
चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
216
Shares
प्रतिक्रिया