ad ad

समाज


मोटरसाइकल र स्कुटी ठोक्किँदा इटहरीमा तीनजनाको मृत्यु

मोटरसाइकल र स्कुटी ठोक्किँदा इटहरीमा तीनजनाको मृत्यु

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार २२:६, विराटनगर

शुक्रवार साँझ इटहरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान उपमहानगरपालिका-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठक्कर खाँदा तीनजनाको मृत्यु भएको खड्काले जानकारी दिए।

तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .