ad ad

अपराध


युवाको साथमा नक्सालस्थित होटलमा पुगेकी युवतीको रहस्यमय मृत्यु

पेट्रोल खन्याएर आगो लगाएको अनुमान
युवाको साथमा नक्सालस्थित होटलमा पुगेकी युवतीको रहस्यमय मृत्यु

नेपालखबर
असोज २६, २०७९ बुधबार १५:२२, काठमाडौँ

एकजना युवाको साथमा लागेर काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा बस्न पुगेकी एकजना युवतीको रहस्यमय मृत्यु भएको छ। 

बाराको सिमराका केशव रिजालसँग दुई दिनअघि पुगेकी युवतीको होटलभित्र रहस्यमय मृत्यु भएपछि प्रहरीले दुईजना युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराका अनुसार मृत्यु भएकी युवती काठमाडौंकै चाबहिल निवासी हुन्। 

घटनास्थल र युवतीको शव चेकजाँच गर्दा आगो लागेर उनको मृत्यु भएको देखिएको बोहोराले जानकारी दिए। 

ती युवतीको शरीरमा आगो लागेपछि साथमा गएका रिजालले उनलाई उपचारका लागि  वीर अस्पताल लगेको खुलेको छ। 

प्रहरीले ती युवतीको शरीरमा पेट्रोल हालेर आगो लगाएपछि जिउँदै जल्न पुगेको प्रारम्भिक अनुमान गरेको छ। होटलमा सँगै गएका रिजाल र युवतीबीच नजिकको सम्बन्ध रहेको खुलेको छ।

बोहोराका अनुसार वीरमा उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर अस्पताल रेफर गरिएको थियो। जहाँ जलेका बिरामीहरुको उपचार गरिन्छ। उनको त्यहीँ मृत्यु भएको थियो। 


बोहोराका अनुसार घटना खुलेपछि अनुसन्धानका लागि रिजालसँगै उक्त होटलका एकजना कर्मचारीलाई पनि पक्राउ गरिएको छ। युवतीको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .