अपराध


दसैंमा मनि ट्रान्सफरमा डकैती गर्ने समूहका ४ जना पक्राउ

दसैंमा मनि ट्रान्सफरमा डकैती गर्ने समूहका ४ जना पक्राउ

नेपालखबर
असोज २५, २०७९ मंगलबार १०:३५, काठमाडौँ

ताप्लेजुङको फुङलिङ नगरपालिका ५ वीरेन्द्र चोकमा रहेको मनि ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ परेका छन्। अम्बर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा असोज १७ गते डकैती भएको थियो। 

डकैती गर्ने समूहका मुख्य योजनाकार फुङलिङ नगरपालिका २ का २९ वर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका १ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा १० झापाका २५ वर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम १ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो। 

असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समूह पेस्तोलसहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका  गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ समेत डाँका गरी भागेका थिए। 

घटना सम्बन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई  सुनको विभिन्न गरगहना १४३ तोला, नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ थान पेस्तोल सहित पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ। 

गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका  पाँचथरको फालेलुङ ८ मा लुकिछिपी बसेको स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad