ad ad

खेल


महिला क्रिकेट : एपीएफलाई बागमतीले दियो ९० रनको लक्ष्य

महिला क्रिकेट : एपीएफलाई बागमतीले दियो ९० रनको लक्ष्य

नेपालखबर
असोज २५, २०७९ मंगलबार १०:५०, पोखरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले एपीएएफ क्लबलाई जितका लागि ९० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

पोखरा रगंशालास्थित क्रिकेट मैदानमा जारी खेलमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पारेको हो। 

बागमतीका लागि सुमन खतिवडा १९ रन जोड्दा एलबी डब्लु धरापमा परिन्। २० बलको सामना गरेकी उनले २ चौका हानिन्। 

ओपनर अस्मिता खरेल ६ र कञ्चन श्रेष्ठ २ रनमा रनआउट भए। बिन्दा कटवाल ७ रनमा रनआउट भइन्। 

आरती विडारी ७ र हेलिसा गुरुङ ५ रनमा बोल्ड आउट भए। अनिसा माझकोटी १ रनमा रनआउट भइन्। 

कप्तान अस्मिना कर्माचार्य १८ र सोनी पाख्रिन ३ रनमा नटआउट भए। 

एपीएफका लागि नेरी थापा, रेखा रावल र इन्दु वर्माले समान १ विकेट झारे।  

यसअघि भएको खेलमा बागमती प्रदेशले सुुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै अकं तालिकामा २ अंक जोडेको थियो। एपीएफले भने प्रतियोगितामा पहिलो खेल खेलिरहेको छ। 

मंगलबारै हुने दोस्रो खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश खेल्नेछन्। दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। 

गण्डकी प्रदेश पहिलो खेल मधेस प्रदेशसँग ४० रनले तथा सुदुरपश्चिम बागमतीसँग ८ विकेटले पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .