अपराध


काठमाडौंमा भारतीयको हत्या, एकजना नेपाली नागरिक पक्राउ

काठमाडौंमा भारतीयको हत्या, एकजना नेपाली नागरिक पक्राउ

नेपालखबर
असोज २४, २०७९ सोमबार १८:५२, काठमाडौँ

काठमाडौंमा भारतीय नागरिकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका-१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको असोज १९ गते हत्या भएको थियो। 

उनको हत्या गरेको अभियोगमा पर्सा  बहुदरमाई नगरपालिका २ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

आदकको उनकै कोठामा असोज १९ गते बिहान शव फेला परेको थियो। 

अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। 

आदकलाई प्रहरीले काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट पक्राउ गरेको हो।

श्रीलालले काठ च्याप्न प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको छ। 

हत्यापछि शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाएर श्रीलाल फरार भएका थिए। 

उनको कोठाबाट हत्यामा प्रयोग गरिएको सकिन्जा र आधा फोडिएको बाकसमा रहेको ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad