अपराध


९ लाख नक्कली नेपाली नोटसहित ३ जना पक्राउ

९ लाख नक्कली नेपाली नोटसहित ३ जना पक्राउ

नेपालखबर
असोज २४, २०७९ सोमबार १८:५८, काठमाडौँ

नक्कली नेपालीसहित बाराबाट तीन जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई ९ लाख बराबरको नोटसहित पक्राउ गरेको हो। 

सुरुमा भारतीय नागरिकलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको थियो। 

उनले उक्त नक्कली नोट अन्य दुई जनाले मगाएको बताएपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको छ। 

२१ गते बारा सिम्रौनगढ नगरपालिका ५ कनकपुरस्थित सडकमा भारतिय प्रस्ट नम्बर नबुझिने मोटरसाइकलमा आएका भारत बिहार राज्य मोतिहारी पूर्वी चम्पारण ग्राम पोष्ट पिप्राकोठ्ठीका २५ वर्षीय रञ्जित कुमार मुखियालाई पक्राउ गरेको थियो। 

उनले कम्मरमा नक्कली नोट जस्तो देखिने नेपाली एक हजार दरका नोट १ ठेली मोटरसाइकलको सिट मुनी लुकाएको नक्कली नोट १ हजार दरका ८ ठेली गरी ९ लाख नक्कली नोट प्रहरीले फेला पारेको थियो। 

सोधपुछ गर्दा उक्त नोट सैनुल्लाह अंसारी र बिनाका मुखिया बिनले मगाएको बताएका थिए। 

खोजतलासको क्रममा आइतबार सैनुल्लाह अंसारी र बिनाका मुखिया बिनलाई पनि प्रहरीले पक्राउ गरेको हो। 

बारा कलैया उपमहानगरपालिका १५ बका ३४ वर्षीय सैनुल्लाह अन्सारी र बारा सिम्रौनगढ नगरपालिका २ का ३६ वर्षीय बिनाका मुखिया बिन पनि पक्राउ परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad