अपराध


झापामा होटलभित्र तास खेल्दा युवकको हत्या, होटल सञ्चालकसहित तीन जना पक्राउ

झापामा होटलभित्र तास खेल्दा युवकको हत्या, होटल सञ्चालकसहित तीन जना पक्राउ

नेपालखबर
असोज २४, २०७९ सोमबार १८:११, काठमाडौँ

झापामा एक युवकको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। 

ताप्लेजुङको सिदिम्बा गाउँपालिका ४ सुरुमखिम घर भई झापा अर्जुनधारा नगरपालिका ११ बसपार्क क्षेत्रमा बस्ने २५ वर्षीय नबिन्द्र गुरुङ असोज १८ गते मृत फेला परेका थिए। 

१८ गते बिहान अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क छेउमा रहेको प्लटिङ बाटोमा उनको शव फेला परेको थियो। 

त्यहाँस्थित ताप्लेजुङ इलाम होटलको पहिलो तलामा होटलका सञ्चालक इन्द्र अधिकारी, होटलका कर्मचारी अमृत आचार्य, मृतक नविन्द्र गुरुङ र अर्का एक जना रक्सी खाएर तास खेलिरहँदा झगडा भएको खुलेको छ। 

तास खेल्दा पैसा हारजितको विषयलाई लिएर उनीहरुबीच विवाद भएको थियो। झगडा हुदाँ होटल संचालक इन्द्र अधिकारी, होटलका कर्मचारी अमृत आचार्य र अर्का फरार एक जना मिलेर नविन्द्र गुरुङलाई मसला पिस्ने ढुङगाको लोहोरो र चक्कु प्रहार गरेका थिए। 

गम्भिर घाइते बनाएर त्यही राति नबिन्द्रलाई उनीहरुले डेढ सय मिटर टाढा कान्तिपुर ड्राइभीङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उत्तरतर्फ जाने सडकको किनारामा फालिदिएको प्रहरीले जानकारी दिएको छ। 

घटना ढाकछोप गर्ने मनसायले होटलबाट अचेत अबस्थाका फालिएका गुरुङको शव भोलिपल्ट फेला परेको थियो। 

घटनामा संलग्नमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरनेको छ। पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका ९ घर भई झापा अर्जुनधारा ११ स्थित रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथरको फिदिम घर भई सोही होटलमा कार्यरत २१ वर्षीय अमृत आचार्य, अमृतकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन्। 

घटना हुँदा अमृता पनि सोहि होटलमा रहेको र घटना घटेको देखेता पनि उक्त घटना प्रहरीलाई जानकारी नगराएको भन्दै अमृतालाई पनि प्रहरीलmे पक्राउ गरेको जनाएको छ। 

घटनापछि उनी पनि अमृत आचार्यसँगै भागेर पाँचथर पुगेमकी थिइन्। उनीहरुलाई पाँचथरबाटै प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न एक जना भने फरार छन्। 
घटनामा प्रयोग भएका लोहोरो, चक्कु, मृतकको मोवाइल प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad