अपराध


चितवनमा लागुऔषधिसहित ६ जना पक्राउ

चितवनमा लागुऔषधिसहित ६ जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार ९:१९, चितवन

चितवन प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१५ सूर्यनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलिग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा रु पाँचको नोट, लाइटर चार थान,  १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर–१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा–१५ घर भई हाल भरतपुर–१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर–२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन्।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad