पाल्पामा छोराले दाउराको चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ।
जिल्लाको माथागढी गाउँपालिका ४ नेटा बस्ने १४ वर्षीय छोराले घरमा सामान्य झै झगडा हुँदा आफ्नो बाबु ४५ वर्षीय तीलबहादुर दिशाा मगरलाई चिर्पट दाउराले प्रहार गरेका थिए।
प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
चिर्पट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
258
Shares
प्रतिक्रिया