अपराध


बाँकेमा मिटरब्याजीविरुद्ध १५ उजुरी

बाँकेमा मिटरब्याजीविरुद्ध १५ उजुरी

जिल्ला प्रशासन कार्यालय (बाँके)


नेपालखबर
भदौ ८, २०७९ बुधबार ८:२८, बाँके

बाँके जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय (बाँके) का अधिकृत रामकुमार सोनकरले जानकारी दिए। 

‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ’, उनले भने।  

प्रशासन कार्यालयमा परेका उजुरी नेपालगन्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन्। मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ। 

अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ। उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। 
कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ।

मिटरब्याजीले निरक्षर तथा आर्थिक रूपले कमजोर रहेकाको शोषण गरेकाले कैयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिन स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad