ad ad

अपराध


रुपन्देहीपछि काठमाडौंको कल सेन्टरमा छापा, कागजपत्र र उपकरण प्रहरीको नियन्त्रणमा

रुपन्देहीपछि काठमाडौंको कल सेन्टरमा छापा, कागजपत्र र उपकरण प्रहरीको नियन्त्रणमा

फाइल फोटाे


नेपालखबर
साउन ९, २०७९ सोमबार १४:५७, काठमाडौँ

काठमाडौंको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मारेको छ।

चिनियाँ नागरिकले सञ्चालन गरेको उक्त कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले छापा मारेको हो। 

परिसर प्रमुख एसएसपी भरत बोहराको टोलीले छापा मारिरहेको बताउँदै त्यहाँ रहेका सम्पूर्ण कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए।

‘कलवाइपास लगायत अनलाइन ठगी भएको हुन सक्छ। विस्तृत विवरण अहिले खुलिसकेको छैन’, एसएसपी बोहराले भने। 

यसअघि पनि कलसेन्टरबाट गैर कानुनी गतिविधि सञ्चालन गरेको आरोपमा उपत्यका र अन्य जिल्लाबाट पनि प्रहरीले कलसेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो। 

हिजो मात्रै प्रहरीले रुपन्देहीको तिलोत्तमामा रहेको कल सेन्टरमा छापा मारी एक भारतीयसहित नौ जनालाई नियन्त्रणमा लिएको थियो।

चिनियाँ नागरिकले नेपालीका नाममा लगानी गरेर यस्तो गैर कानुनी गतिविधि गरेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .