अपराध


भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

नेपालखबर
असार १७, २०७९ शुक्रबार २०:२३, काठमाडौँ

जिल्ला अदालत दार्चुलाले बलात्कारपछि भाउजूलाई जिउँदै जलाउने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।  

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले जानकारी दिए। 

दुई दिनअघि खडायतलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो। 

गत जेठ २५ गते बिहान २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको र त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाएको अभियोजन पत्रमा उल्लेख छ। 

गम्भीर घाइते भएकी अनिभालाई जिउँदै जलाएको भोजराजले बयानका क्रममा स्वीकार गरेका छन्। हत्यापछि अनिभाले लगाएका गहना लिएर उनी फरार भएका थिए। पक्राउ परेसँगै उनको साथबाट अनिभाका गहना समेत प्रहरीले बरामद गरेको छ। 

उनलाई प्रहरीले भाग्दै गरेको अवस्थामा घटनाको भोलिपल्ट बैतडीबाट पक्राउ गरेको थियो। 

भोजराजलाई कर्तव्य ज्यानको कसुरमा जन्म कैदको सजाय माग गरिएको छ। यही कसुरमा बाँचुन्जेल कैद हुनेछ। 

यस्तै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने पनि अभियोजन पत्रमा उल्लेख छ। जबरजस्ती करणी र डाँका मुद्दामा पनि थप कैद सजाय तथा जरिवाना र क्षतिपूर्तिको माग गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .