ललितपुरको कुसुन्तीस्थित सडकमा मापसे जाँच गरिरहेका एकजना ट्राफिक प्रहरीमाथि पैदलयात्री कुटेको आरोप लागेको छ।
सोमबार राति पौने ९ बजे फुटपाथबाट पैदल यात्रामा रहेका सर्लाहीको बरहथवा नगरपालिका-१ घर भइ आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ वर्षीय कुलबहादुर घिसिङलाई कुसुन्तीमा मापसे जाँच गरिरहेका ट्राफिक प्रहरी राजेन्द्र थापाले कुटपिट गरेको भन्दै उजुरी परेको हो।
थापाले घिसिङलाई ढेस्सिएर आएको भन्दै बिनाकारण कुटपिट गरेको आरोपसहित उनकी दिदी इशुमाया बजुले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन्।
ललितपुरकै कुसुन्ती बस्ने उनले उजुरीमा थापालाई परिसरमा उपस्थित गराई आवश्यक कारबाही गरि शान्ति सुरक्षा पनि माग गरेकी छन्।
त्यसैगरी कुटपिट गरिएका घिसिङले आवश्यक पहलका लागि चिकित्सक संघमा पनि निवेदन दिएका छन्।
उनले आफू आरोग्य प्रतिष्ठानमा काम गर्दै कर्मचारी भएको बताएर परिचयपत्र देखाउँदा पनि बिनाकसुर ट्राफिक प्रहरी थापाले कुटपिट गरेको गुनासो गरेका छन्।
थापाले परिचयपत्र देखाउँदा ट्राफिक प्रहरीले रगताम्मे हुने गरी कुटपिट गरेको भन्दै ड्युटी गर्ने वातावरण पनि नभएको निवेदनमा उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया